Thursday, September 12, 2024

बन मा धेरैको मन

पछिल्लाे समाचार

रौतहट ६ भदौ । जिल्लामा रहेको  वन क्षेत्र र चुरेक्षेत्रको विभिन्न स्थानहरुमा वन फडानी गरेर अतिक्रमण गर्ने कार्य भईरहेको छ ।

राष्ट्रिय वन अन्तर्गत पर्ने चन्द्रपुर नपा ३ अरुणवस्ती, भोलेन्टार, गैडाटारको महादेव डाडा, तोरीवारी, इपलीबस्ती, फुलवारी, हिलेखोला पौराई लगायतको वन  क्षेत्रमा  अतिक्रमण  भएका छन ।

पछिल्लाे केही साता देखि अरुण बस्ती लगायतका क्षेत्रमा फडानी भएको बताइएको छ ।

गुजरा, बृन्दनबन,फतुवा बिजयपुर, चन्द्रपुरका बन क्षेत्रमा अतिक्रमण गरि बस्ति नै बसेको छ । बनको जमिनमा झुपडी देखि पक्की घर तथा अन्य संरचना बनेका छन । चुरेको बागमती देखी धन्सर सम्म सयौ हेक्टर बन अतिक्रमण भएको छ । जिल्लाको चुरे क्षेत्रमा हजारौ घर टहराहरु छन । उनीहरु लाई व्यवस्थितरुपमा राख्ने वा त्यहा बाट हटाउने ठोस नीति छैन ।

वृक्षारोपण गरिने तर  विरुवा हुर्कियो कि हुर्किएन त्यसको चासो नराख्ने गर्दा बजेट मात्रै सकिदै आएको छ ।चुरेमा अव्यवस्थित बसोबास हुदा, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी बन्न सकेको छैन ।

डिभिजन वन कार्यालय रौतहटका निमित्त प्रमुख अमरदेव यादवले आफूले भ्याए सम्मको गस्ती गरिरहेको दावी गर्दै अतिक्रमण तथा रुख फडानी गर्नेहरुलाई वेला वखतमा नियन्त्रणमा लिई कारवाही गर्दै आएको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु