बारा,५ भदौ //
बाराको कलैया उपमहानगरपालिकामा एक दलित महिला जनप्रतिनिधिलाई घरबाट उठाएर लगि खम्बामा बाँधेर कुटपिट गरिएको छ।
बुधबार मध्यराति कलैया उपमहानगरपालिका वडा नं.२७ कि दलित महिला सदस्य तारा देवी पासवानलाई खम्बामा बाँधेर कपडा च्यातच्युत गरी कुटपिट गरिएको हो।
जोगिन्द्र साह नेतृत्वको समूहले एकजनाको बुहारी अर्कै केटासंग भगाउन सघाएको भन्दै उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटको क्रममा उनको लुगासमेत च्यातच्युत पारेका छन् ।
बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार खम्बामा बाँधेर कुटपिट गरिरहेको खबर प्रहरीलाइ हुनासाथ राती करिब साढे ११ बजे पुगेर पासवानको उद्धार गरि कलैया हस्पिटल पुर्याएको हो।
प्रहरी पुग्नासाथ कुटपिट गर्नेहरु भाग्न सफल भएको उनले बताए।
कुटपिट गर्नेको नेतृत्व गर्ने जोगिन्द्र साहलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको मिश्रले जानकारी दिएका छन् । कुटपिटबाट पासवान घाइते भएकी छिन ।
कुटपिट गर्ने साह लगायत ८ जना विरुद्ध समाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार मुद्दा शुक्रबार दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।