बारा,७ भदौ //
बारामा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ।
मृत्य हुनेमा नुवाकोटको घुङताङ– ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनैनादेवी साह रहेको प्रहरीले जनाएको छ।
गएराति जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्ग १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।