Wednesday, May 22, 2024

बारामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु,दुई जना घाइते

पछिल्लाे समाचार

बारा,२ भदौ //
बारामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ , भने दुई जना घाइते भएका छन् ।

जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर ४ मा मंलगबार बेलुका ना४च ३४३२ नम्वरको पिकअप गाडीले ना२१प १८३१ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका १६, इनर्वाटोल बस्ने ३८ वर्षीय राजेश राम रहेका छन्।

दुर्घटनामा परी घाइते भएका तीनै जनालाई उपचारका लागि गण्डकस्थित नारायणी बयोधा अस्पतालमा ल्याइएको र अस्पतालमा उपचारकै क्रममा रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय परवानीपुरले जानकारी दिएको छ।
घाइते भएकी अन्य दुई किशोरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनापछि फरार भएका पिकअप चालकको खोजी भइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु