Wednesday, May 22, 2024

युवाहरुले हटाए मुख्यमन्त्री राउतको प्रचारबाजी हुडिंग बोर्डहरु

पछिल्लाे समाचार


धनुषा,१२ भदौ //
धनुषाको जानकी मन्दिर परिसरबाट मुख्यमन्त्री लालबाबु राउतको प्रचारबाजी हुडिंग बोर्डहरु युवाहरुले हटाएका छन् ।

शनिबार बिहान मन्दिर परिसरबाट मुख्यमन्त्री राउतको तस्बीरसहित स्वच्छता अभियान, बेटी पढाउ बेटी बचाउ अभियान लगायतको विभिन्न नारा लेखिएको बोर्ड च्यातेर फालेका हुन् ।

स्वच्छता अभियान र बेटी पढाउ अभियान चलाएर आफन्त भर्ती तथा अनियमिताको केन्द्र बनाएकाले बोर्डहरु हटाएको मासका संयोजक सरोज मिश्रले बताएका छन् ।

स्वच्छताको नाममा करोडौं भ्रष्टाचार र जानकी मन्दिरमा पोस्टर लगाएर कुरुप बनाएकाले ती हुडिंग बोर्डहरु हटाएको युवाहरु बताउछन्।

युवाहरुले जानकी मन्दिर लगायतको कुनै पनि धार्मिक पर्यटकिय स्थलमा अन्य विषयक प्रचार प्रसार सामग्री , बोर्ड, पर्चा पम्पलेट नलगाउन सचेत गराएको र त्यस्ता पोस्टरहरु लगाए कानुन बमोजिम कार्यवाही गर्ने चेतावनी समेत दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु