Friday, July 19, 2024

लागूऔषधसहित महोत्तरीबाट दुई युवक पक्राउ

पछिल्लाे समाचार


महोत्तरी,१० भदौ //
महोत्तरीबाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
औरही न.पा. ४ कठुधारस्थित सम्सीबाट गौशालातर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह १५२४ नं.को अटोलाई रोकी चेकजाँच गर्दा लागूऔषधसहित दुवै जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला न.पा. वडा नं. ६ मा बस्ने १८ वर्षीय मंजित महरा र सिन्धुली कमलामाई न.पा. वडा नं. १३ बस्ने २३ वर्षीय सुवास बुढाथोकी रहेका छन् ।

मंजितको साथबाट ३० पिस नाईट्राभेट ट्याबलेट र सुवासको साथ बाट १५ पिस नाईट्राभेट ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरुलाई नियन्त्रणमा लिई महोत्तरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु