Wednesday, May 22, 2024

एसीड पीडित आरतीलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

पछिल्लाे समाचार


धनुषा , १० भदौ //
जनकपुरकी एसीड पीडित आरती साहलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ ।
मुख्यमन्त्र लालबाबु राउतले बिहीबार बिहान आरतीलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको उपस्थिति रहेको थियो।
माइत जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ मा रहेको बेला आरतीलाई पति संजिवले एसिड प्रहार गरेका थिए । एसीड आक्रमणबाट आरतीको बायाँ आँखा, कान गुमेको छ भने आधा अनुहार, शरीर र हात जलेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु