Thursday, June 13, 2024

लागूऔषधसहित सप्तरीबाट एक जना पक्राउ

पछिल्लाे समाचार

सप्तरी,७ भदौ //
विभिन्न किसिमको लागूऔषधसहित सप्तरीबाट एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका २ बरमझियास्थित संगम फास्टफुट एन्ड मदिरा पसलका सञ्चालक २८ वर्षीय जयराम यादव रहेका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त पसलमा तलासि गर्दा कालो रंगको ब्यागबाट ६१० थान निट्रोसन १०, ३१० थान स्पास्मो–प्रोक्सिभोन, ८ थान सय एमएलको डाइलेक्स डीसी, सय एमएलको इसकुफ, एक थान सिरिन्ज बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्

।यादवको साथबाट ३ वटा मोबाइल र १८ हजार ६ सय ७५ रुपैयाँ नगद समेत बरामद गरिएको काफ्लेले बताएका छन् ।

पक्राउ परेका निजमाथि यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु