Tuesday, September 17, 2024

‘शिरमा देश, मनमा मधेश’ प्रदेश प्रमुख झा

पछिल्लाे समाचार

रौतहट २० साउन // शिरमा देश र मनमा मधेश को भावना राखेर सवैपक्षले काम गर्नुपर्ने प्रदेश नम्वर २ का प्रमुख डा. राजेश झा अहिराजले धारणा राखेका छन ।
मंगलवार प्रशासन कार्यालय रौतहटद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश २ प्रमुख अहिराजले नेपालमा बसोबास गर्ने नेपाली नागरिकहरुमा पहिला राष्ट्रियताको भावना संगै बसोबास गर्ने भुगोल प्रतिको सकारात्मक माया सदभाव हुनुपर्ने धारणा राखेका छन ।
कुनै मान्छे भेट्न आउदा खेरी जात, जन्म, वर्ग, समुदाय, भेषभुषा लगायतको आधारमा सोच निर्माण भएको पाइएको छ यसरी गर्दा हाम्रो देश कहाँ जाँदै छ चिन्ता व्यक्त गर्दै प्रदेश प्रमुख अहिराजले आफनै प्रदेश भित्र पहाडी मधेशी, मधेशी भित्र पनि जातिबादको कारण एक अर्का प्रति उत्पन्न भईरहेको विश्वासको खाडललाइ समाप्त पार्न आवश्यक रहेको प्रमुख झाको भनाइ छ ।

प्रदेश प्रमुख झा गौरका मेयर अजय गुप्तालाइ नेपालको झण्डा अंकित लोगो उपहार दिदै /

प्रदेश प्रमुख बनेपछि विभिन्न पहाडी र हिमाली जिल्ला मा पनि भ्रमण गरेको चर्चा गर्दै त्यहाँ आफूले निकै माया र सद्भाव पाएको अनुभवलाइ सुनाउदै अभाव र अतिवादको कारण समाजमा राज्य प्रतिको अविश्वास, निराशा, दूरी, आक्रोश, वितृष्णा बढदै जाँदा देश द्धन्दमा फस्ने खतरा रहेको उनको भनाइ छ ।
प्रदेश प्रमुख झाले पत्रकार समाजको मेरुदण्ड हो, आफनो कलासिप लाइ जनता र राष्ट्रप्रति उत्तरदायी भई जवाफदेहिता निर्वाह गरेमा विकृति विसंगती समाप्त भई असल समाजको निर्माण हुने उनको भनाइ छ ।
कार्यक्रममा सुरक्षा प्रमुखहरु, जनप्रतिनधीहरु, संचारकर्मी , समाजसेवी, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
प्रदेश प्रमुख झा ले कार्यक्रममा उपस्थित हुनेहरु लाइ नेपालको झण्डा अंकित लोगो उपहार दिने गरेको छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु