Sunday, May 26, 2024

शुक्रवार करिव ४ हजार संक्रमित थपिए

पछिल्लाे समाचार

काठमाडौं २९ साउन // पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर ११ हजार ७ सय ८ जनाको आरटी–पीसीआर गर्दा २ हजार ७ सय ६३ जना र ६ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ सय ५२ जना गरी आज ३ हजार ९ सय १५ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख २८ हजार ५ सय ३२ जना पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण शुक्रबार २७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार २ सय ३९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय १८ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७९ हजार ४ सय ९५ जना पुगेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु