Wednesday, May 22, 2024

सप्तरीमा कृषि फर्ममा आगलागी,लाखौको क्षति

पछिल्लाे समाचार


सप्तरी,१२ भदौ //

सप्तरीमा कृषि फर्ममा आगलागी हुँदा लाखौको क्षति भएको छ।

गएराती सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ७ स्थित कट्टीमा रहेको संगीता कृषि फर्ममा आगलागी भएको हो।

आगलागी बाट दश लाख बराबरको क्षति भएको बताइएको छ।

दुईवटा घर, १२ सय कुखुरा, पानी तान्ने मोटर, भवलेटर, पंखा १२ थान ,कुखुराका दाना, ६० हजार नगद लगायत दस लाखको समानहरु जलेर नष्ट भएको कृषि फर्मका संचालक चन्द्रभूषन कुमार सिंह बताएका छन् ।

बाटो नभएको कारण आगो निभाउन वरुणयन्त्र आउन नसकेको उनले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु