Friday, January 16, 2026

सर्लाहीमा अग्नी पीडित परिवारलाई राहत प्रदान

पछिल्लाे समाचार

सर्लाही ,३० साउन //
सर्लाहीमा विद्युत सर्ट भई घर जलेर नष्ट भएको अम्बिका विकको परिवारलाई सहयोग प्राप्त भएको छ। जिल्लाको को ईश्वरपुर नगरपालिका–१३, मा बिहिवार भएको आगलागी पीडितलाई एक संस्थाले राहत प्रदान गरिएको हो। ईश्वरपुर नगरपालिका–१३ का वडाध्यक्ष रामकरण महतोको रोहबरमा शुक्रवार सम्मुन्नति कार्यक्रम अन्तर्गत ग्रामीण नारी उत्थान संघ हरिपुरले अग्नी पीडित परिवारलाई राहत उपलब्ध गराइएको हो । ७ जना परिवारका सदस्य रहेको विकको परिवारलाई ९ हजार ८ सय ६६ रुपैयाँ बराबरको ओढ्ने ओछ्याउने र भान्साका सामग्री तथा बालबालिकाका लागि शैक्षिक सामग्री प्रदान गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु