Friday, June 21, 2024

सवारी चालक अनुमति पत्रको परिक्षा पुनः सुचारु गर्ने यातायात व्यवस्था कार्यालय को तयारी

पछिल्लाे समाचार


पर्सा,१४ भदौ //
यातायात व्यवस्था कार्यालय वीरगञ्जले विगत ४ महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्रको परिक्षा पुनः सुचारु गर्ने तयारी गरेको छ।

कोरोना महामारीका कारण रोकिएको अनुमपति पत्रको परीक्षा यातायात व्यवस्था विभागले भदौ १० गते गरेको परिपत्रका आधारमा स्वास्थ्य मापदण्डको पालना गरेर सवारी चालक अनुमति पत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्ने यातायात व्यवस्था कार्यालय वीरगञ्जको लाइसेन्स शाखाका प्रमुख सुशिल साहले जानकारी दिएका छन्।

वीरगञ्जमा भाडामा लिइएको ट्रायल सेन्टरमा वर्षाका कारण पानी जमेकाले सरसफाई गर्ने र अन्य आन्तरिक तयारीका कामहरु अहिले भइरहेको साहले बताएका छन्।

उनका अनुसार यही हप्ताभित्र सूचनामार्फत परीक्षाको मिती सार्वजनीक गरिने छ। सवारी चालक अनुमति पत्रको परीक्षा पुनः सुचारु हुने समाचार प्रकाशनमा आएसँगै ट्रायल खुल्ने प्रतिक्षामा रहेका सेवाग्राही खुशी भएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु