Wednesday, May 22, 2024

३ हजार २ सय १८ जना कोरोना संक्रमित थपिए

पछिल्लाे समाचार

काठमाडौं, २३ साउन // पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभर ८ हजार ६६ जनाको आरटी–पीसीआर गर्दा २२सय ३१ जना र ४ हजार ७ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ९सय ८७ जना गरी ३ हजार २ सय १८ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख १२ हजार ७ सय ४० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० जना पुगेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु