Sunday, May 26, 2024

अनेम संघ क्रान्तिकारीको प्रदेश स्तरिय बैठक सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,१६ भदौ //
अखिल नेपाल महीला सघ क्रान्तिकारी को प्रदेश २को बैठक चन्द्रपुरमा बुधवार सम्पन्न भएको छ ।
संघको प्रदेश २ अध्यक्ष शिला खनालको अध्क्षतामा बैठक सम्पन्न भएको छ । बैठकमा ८ वटै जिल्लाका संघका अध्यक्षहरु को सहभागिता रहेको छ ।
प्रदेश गृहराज्यमन्त्रीी रुबि कर्ण प्रमुख आतित्थमा सम्पन्न भएको बैठकमा ए नेकपा माओवादी का रौतहट सचिव देबेन्द्र पटेल,चन्द्रपुर नगर सचिव टीका आचार्य , संघका नेतृहरु देवकी नेपाल, गिता कडेल लगाएतको उपस्थिति रहेको छ ।
बैठकले अनेम संघ क्रान्तिकारी को सहकारी बिभागको केन्द्रीय सदस्यमा देवकी नेपाल लाई पठाउने निर्णय भएको छ ।
आउदो कार्तिक १५ गते भित्र संघको सवै जिल्लामा जिल्ला , नगर, गाउँ, वडा भेला सम्पन्न गर्ने समेत निर्णय भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु