काठमाडौं,२१ भदौ //
गएरातिदेखि परेको वर्षाका कारण काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ भने एक सय ३८ जनालाई प्रहरीले उद्धार गरि सुरक्षित स्थानमा लगेर राखिएको छ।
अविरल वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेपछि बस्तीका बासिन्दालाई प्रहरीले उद्धार गरेको हो। बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताएका छन्।
अहिले सम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिएका छन्।