Monday, June 24, 2024

अवैध चाँदीको गहनासहित एकजना पक्राउ

पछिल्लाे समाचार


रौतहट ,५ असोज //
रौतहटको गौरबाट अवैध चाँदीको गहनासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका वडा न २ का ३५ वर्षीय बिध्यानंद साह रहेका रहेका छन्।

अस्थायी प्रहरी चौकी बसपार्कको प्रहरी सहायक निरीक्षक बडाबाबु प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेक जांच गर्ने क्रममा काठमाडौँ बाट गौर आएको ज्वाला डिलक्स बस बाट बाहिर झर्दा संका लागेर चेक जांच गर्दा ४० किलो चांदी २ वटा कालो झोलामा २०/२० किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


अवैध चांदी सहित पक्राउ परेका साहलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भईरहेको रौतहटको प्रहरी प्रमुख बिनोद घिमिरेले जानाकरी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु