Wednesday, May 22, 2024

अवैध रुपमा नेपाल भित्र्याएको कुखुराको चल्ला बरामद

पछिल्लाे समाचार


पर्सा ,१४ असोज //
पर्सा प्रहरीले अवैध रुपमा नेपाल भित्र्याएको ५१ कार्टुन कुखुराको चल्ला बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलिले बिआर २२ एम २२५१, बिआर २२ एफ ८६९५, र एउटा नम्बर नखुलेको प्लास्टिना मोटरसाइकलमा लोड गरी भारतबाट नेपालतर्फ ल्याउने क्रममा सो कुखुरा बरामद गरेको हो ।
एक कार्टुनमा करिब ८० वटा कुखुराको चल्ला रहेको प्रहरीले जनाएको छ।
प्रहरीलाई देखेपछि मोटरसाइकल र कुखुरा छोडेर तस्कर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता आमप्रकाश खनालले बताएका छन्।
बरामद कुखराको चल्ला ईलाका प्रहरी कार्यालय जानकीटोलामा राखिएको उनले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु