सिरहा,५ असोज //
अवैध लागुऔषध गाँजासहित सिरहाबाट एकजना लाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका वडा नं. १३ तिरतपुर का २६ वर्षीय शुभ कुमार महतो रहेको प्रहरीले जानकारी दिएको छ।
सिरहा नगरपालिका वडा नं. ६ बसविट्टा चौक स्थित वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले ज.११ प १७४३ नं.को मोटरसाईकल चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा ५ किलो २२३ ग्राम र २ पिस नाईट्रोभेट ट्याबलेट बरामद गरेको सिरहा प्रहरीले जनाएको छ।
पक्राउ परेका महतो माथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।