Wednesday, May 22, 2024

अवैध लागुऔषध गाँजा सहित २ जना पक्राउ

पछिल्लाे समाचार


बारा ,२ असोज //
बाराबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ बस्ने ३७ वर्षीय ठाडा बहादुर दर्लामी र निजगढ नगरपालिका वडा नम्बर १२ निवासी २४ वर्षीय बुद्धी लाल पाख्रिन रहेका छन्।
ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ११ तामागढी सडकमा प्रदेश २–०३–००४ प ४४४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ५ केजी अवैध लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका २ जनालाई सोधपुछ तथा अनुसन्धान गर्दा लागूऔषध कारोबारमा अन्य ३ जनाको समेत संलग्नता रहेको खुल्न आएपश्चात उनीहरूलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु