रौतहट ,१० असोज //
आइतबारदेखि मधेशका नारीहरुले मनाउने जितिया पर्व सुरु भएको छ ।
सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै मिथिलाञ्चलसहित मधेशका नारीहरुले बिशेष जितिया पर्व मनाउने गर्दछ। आइतबारदेखि विधिवत सुरु भएको जितिया पर्व बुधबार समापन हुने छ ।
महिलाहरुले २४ देखि ३६ घण्टासम्म निराहार पानी समेत नखाई थुक पनि ननिल्ने हुनाले जितिया पर्वलाई कठोर मानिन्छ ।
पहिलो दिन नुहाएर घिरौलाको पातामा तेल खँडी चढाउँदै सन्तानको शीरमा तेल दलिदिएर सुख शान्ति एवं दीर्घायुको कामना गर्ने चलन रहेको छ ।
त्यसपछि सधवा सुहागन महिलाहरु माछा एवम् कोदोको रोटी खाने गर्छिन् भने विधवा महिलाहरु भात ,चिउरा ,कोदोको रोटी खाने परम्परा चलिआएको छ ।
शाकाहारी महिलाहरुले नजिकको पोखरी, ईनार, ताल कुवामा स्नान गरि गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने गर्दछ ।
जितियापर्वको एका विहानै महिलाहहरु आचमन शुद्धि गरेर घिरौलाका पातमा तेल लगाई त्यस माथि पिनाको अर्घ दिने गर्दछन् ।
त्यसपछि दिन रात उपवासमा बस्ने हुनाले छाक भरि भोजन गर्दछन।
पारनका दिन अर्थात अन्तिम दिन विहानै उठी ब्रतालु महिलाहरु नदी, पोखरी, ईनार ताल तलैयामा स्नान गरि घर फर्केर बेसारको पातमा चुरा, दही, फलफुल खान दिएर जितिवा पर्व विधिवत रुपमा सम्पन्न हुन्छ ।