Friday, June 21, 2024

एकीकृत समाजवादी चन्द्रपुरको संयोजकमा बाबुराम दाहाल

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ९ असोज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को चन्द्रपुर नगर कमिटीको संयोजकमा बाबुराम दाहाल चयन भएका छन् । शुक्रवार भएको चन्द्रपुर नगर भेलाले दाहालको सयोजककत्वमा १०१ सदस्यिय नगर कमिटी गठन गरेको हो । दाहालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट मेयरको टिकट पाएका थिए । तर ओली समुहका अर्का नेताको उम्मेदवारी दर्ता आएपछी दाहाल पछि हट्नु परेको थियो ।


कार्यक्रममा जनताको बहुदलीयजनवादको जगमा समाजवादी क्रान्तिको कार्यदिशा अवलम्बन गर्दै अगाडी बढिरहेकोले एकीकृत समाजवादीमा समाहित हुन अनुरोध गरिएको थियो।
जिल्ला अध्यक्ष कमल राय यादवको अध्यक्षता एबम् केन्द्रीय सदस्य तथा प्रदेश नं २ का इन्चार्ज लक्षमण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य रामकुमार भट्टराई ,पूर्व सचिवहरु रजिउदिन आलम,महेन्द्र चौलागाईं लगायतका समाजवादी नेताहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु