Wednesday, May 22, 2024

एमालेको प्रदेश २ बैठक :भुलवस पार्टी छाडेकाहरु लाई फर्कन आग्रह

पछिल्लाे समाचार

्बिरगंज १८ भदौ / नेकपा (एमाले) प्रदेश कमिटी प्रदेश २ को बैठक सम्पन्न भएको छ ।
प्रदेश इन्चार्ज रघुवीर महासेठको प्रमुख आतिथ्य , र अध्यक्ष ज्वाला साहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
स्थायी कमिटी सदस्य पुर्व इन्चार्ज सत्यनारायण मण्डल तथा सह इन्चार्जहरु लीलानाथ श्रेष्ठ, सुमन राज प्याकुरेल अच्युत मैनालीको विशेष उपस्थितिमा बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकमा केन्द्रीय कमिटी सदस्यहरु,राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरू , प्रदेश कमिटी सदस्यहरु तथा जिल्ला अध्यक्ष हरु उपस्थित रहेको थियो ।
बैठकले पार्टी कमिटीहरु र जन संगठनहरु सुदृढ बनाउन अभियान सञ्चालन गर्ने , पार्टी विभाजनको क्रममा भुलवश विभाजनकारी पक्षमा लागेका,लाग्न खोजेका नेता कार्यकर्तालाई कम्युनिस्ट आन्दोलनको मुल प्रवाह रहेको एमाले मा नै फर्किन तथा रहन पहल गर्ने निर्णय गरेको बैठकमा सहभागी नेता मणि शकर निधिले जानकारी दिएका छन ।
बैठकमा प्रदेश २ का सासद सुन्दर विश्वकर्मा , शान्ति लामा र सर्लाही जिल्ला अध्यक्ष रेबती पन्त लगायत सयौं नेता कार्यकर्ताहरु एमालेमै रहेको घोषणा समेत गरेकाो बताईएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु