Monday, June 24, 2024

कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ

पछिल्लाे समाचार


पर्सा ,३० भदौ //
पर्सामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास रहेका छन्।

बुधबार भएको कक्षा १२ को अंग्रेजी विषयको परीक्षामा सन्दीप दासको सट्टामा दिन आएका राजचन्द्रलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजचन्द्रले परीक्षा दिइरहेको पाइएको उनले प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु