Friday, June 21, 2024

कटहरिया नगरपालिकामा माओवादी केन्द्रका विभिन्न भातृ संघटन गठन

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ४ असोज । रौतहटको कटहरिया नगरपालिकामा नेकपा माओवादी केन्द्र निकटका विभिन्न भात्री संघटन गठन गरिएको छ। कटहरिया नगरपालिकाकि उपमेयर नुरजाहा खातुनको सक्रियतामा संघटन गठन गरिएको हो । कटहरिया नगरपालिका वडा नं ९ मा नेकपा माओवादी केन्द्रको अखिल नेपाल महिला संघ क्रान्तिकारी गठन गरिएको छ। यस्तै २९ सदस्यीय रहने गरी राम दलित महिला कमिटी,मुस्लिम महिला वडा कमिटी तथा २१ सदस्यीय मुसहर महिला वडा कमिटी समिति गठन गरिएको छ।
कार्यक्रममा बिशिष्ट अतिथि समाज सेवी तथा नेकपा माओवादी केन्द्रका नेता नसरूदिनअंसारी , वा.सि.एल. नगर सह संयोजक र वडा कमिटी अध्यक्ष गजेन्द्र प्रसाद यादव ,वडा सचिव रामबिलास राय यादव ,वडा सदस्य अन्चित महरा , सिवदेयाल राम, रामबिनय साह कानु,उमेद साह कानु, रामअधार राय यादव, नन्दलाल ठाकुर, अजवलाल यादव, रामएकबाल साह कलवार, प्रेमलाल पासवान,शम्भु यादव लगायात महिला कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु