Sunday, May 26, 2024

गाडी लुट्ने मामा भान्जा धनुषाबाट पक्राउ

पछिल्लाे समाचार


धनुषा ,२८ भदौ //
धनुषा प्रहरीले काठमाण्डुबाट भाडा गरी सर्लाही ल्याएर गाडी लुट्ने मामा भान्जालाई धनुषाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको भोक्राहा ५ का मुरुदिन मियाँ र नबिव आलम रहेका छन्।
काठमाण्डुबाट घर पुग्ने भन्दै बा. २ ज. ३९४० नम्बरको सुजुकी कार भाडामा लिएर आएका मामा भान्जाले आइतवार विहान सर्लाहीको जंगलमा आएपछि चालकको टाउकोमा रडले हानेर घाइते बनाई गाडी लिएर भागेका थिए।
घाइते अवस्थामापनि चालकले तत्कालै प्रहरीलाई खबर गरेपछि त्यहाँको प्रहरीले गाडी र भागेका दुबै व्यक्तिको हुलियासहित धनुषा, महोत्तरी लगायतका प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
गाडी लिएर भाग्नेक्रममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका हरिहरपुरमा दुबैजनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिएको छ।
पक्राउ परेका दुबै जनामाथि कार्यवाही अगाडी बढाएको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु