रौतहट १८ भदौ /गैडाटार स्थित चादी खाेलाकाे पुल समयमा निर्माण नहुदा स्थानियले सास्ति भोग्दै आएका छन ।
तीनबर्ष अघि नै निर्माण सम्पन्नहुनु पर्ने पुल को काम आधा मात्र सकिएको छ । खोलामा बाढी आउदा गैडाटार बासीले चन्द्रनिगाहपुर आउन निकै सास्ति खेप्नु पर्दछ।
स्थानिय संचारकर्मी उपेन्द्र गोले ले पुल नबनेकाले स्थानियले धेरै दुख पाउने गरेको बताउदै आएका छन ।
बर्षामा चादीखोलामा बाढी आउदा चन्द्रनिगाहपुरमा बजार आउन, पढ्न , उपचार गर्न , किनमेल गर्न आउन जोखिम छ ।
यस्तै कृषि उत्पादनका सामाग्री बजार ल्याउन किसानलाइ समस्या हुँदै आएको छ ।
खोलामा बाढीका कारण सवारी साधन चलाउन समस्या हुने गरेको छ । एम्बुलेन्स समेत आउजाउ हुन सक्दैन । बाइक, अटो, टेम्पो , इरिक्सा आउजाउ नहुदा स्थानिय जोखिम मोलेर खोला तर्ने गरेका छन ।
चन्द्रपुर ३ का वडा अध्यक्ष बाेधनाथ देवकाेटाले पुल चाडै सम्पन्न गर्न आवाज उठइरहेको बताएका छन ।
पुल चाडै बनाउने बिषयमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेश प्रसाद केशरी र इन्जिनियर यादव सुवेदी, ठेकेदार दयाराम प्रसाद साहसँग संघर्ष समितिको छलफल भएको थियो ।
पुल निर्माण स्थलमा निर्माण सामाग्रीहरु निर्माण स्थलमा उपलब्ध गराउने र कार्तिक ३० गतेभित्र २ स्पान ढलान सकेर बाकी ४ स्पानलाई आवश्यक सम्पुर्ण सामग्रीहरु व्यवस्था गर्ने सहमती भएको छ।
सहमति गरिएका बुदाहरु कार्यन्वयन हुन नसकेमा मंसिर १ गतेबाट कानुनी प्रक्रिया अगाडि बढाउने र ठेकेदारले ठेक्का रद्ध गर्न निवेदन दिने समेत सहमती छ ।
गरि संघर्षका कार्यक्रमहरु तत्कालका लागी स्थगन गरिएको छ ।
चादीखोलाको पुल शिल्यान्यास भएको ५ बर्ष बित्न लाग्दा पनि निमार्ण कार्य करिव ५० प्रतिशत मात्र सम्पन्न भएको छ।