धनुषा ,२३ भदौ //
बिगत चार महिनादेखि जनकपुरका खानेपानी उपभोक्ताले दूषित पानी पिउन बाध्य भएका छन् ।
वर्षायाम सुरुभएदेखि अहिलेसम्म धारामा ढल मिसिएको जस्तो धमिलो, फोहोर र दुषित पानी आउने गरेको स्थानीयको गुनासो छ।
खानेपानी संस्थान जनकपुरको लापरवाहीका कारण आफुहरुले दुषित पानी पिउन बाध्य भएको उपभोक्ताको भनाई छ।
साकेतनगरमा धारामा निरन्तर दुषित पानी आउँदा खानेपानी किनेर समेत पिउनु परेको उपभोक्ताहरुको गुनासो छ। यता खानेपानी संस्थान जनकपुरका प्रमुख शिरीषराज भण्डारी संग बुज्दा सडकबाटो बनाउने क्रममा केहि स्थानमा धाराको पाइप काटिएकाले समस्या भएको बताए।
धारामा दूषित पानी जान नदिन चाँडै पाइप लिक भएको स्थानको मर्मत सम्भार गरी ठीक गर्ने उनले जानकारी दिए।