रौतहट २३ भदौ / चोचा सब डिभिजन बन कार्यालय अन्तर्गतको बिभिन्न क्षेत्रमा पछिल्लो समय सालको रुख कटान गरी गोलिया तस्करी हुँदै आएको फेला परेको छ ।
जङ्गलसैया साझेदारी बन क्षेत्रमा पर्ने कालिखोला, भैसीमारा क्षेत्रमा दर्जनौ सालका रुखहरु काटीएको फेला परेको छ ।
एक साता यता मैढा पोष्ट देखि २ किलोमिटर पश्चिम उतरमा पर्ने पथलैया जङ्गल क्षेत्र बाट दर्जनौ सालका रुखहरु कटान भैसकेको प्रत्यक्षर्शीले बताएका छन
वन अधिकृत राजेश साहको बेवास्ताका कारण चोरी तस्करी बढदै गएको गुनासो छ ।
चोचा सब डिभिजन बन कार्यालयका अधिकृत राजेश साहसँग प्रतिक्रियाको लागि सम्पर्क गर्न खोज्दा उनको मोबाईल फोन उठेन ।
तर बन कार्यालय ले भने नियमित गस्ति गर्दै आएको र तस्करी नियन्त्रण गर्न गस्ति बढाइएको जनाएको छ ।