Friday, June 21, 2024

जिल्ला समन्वय समितिको संयोजकमा प्रदेश सभा सदस्य ठोकर चयन

पछिल्लाे समाचार


रौतहट ,२९ भदौ //
जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि अनुरूप रौतहट जिल्ला समन्वय समितिको संयोजकमा प्रदेश सभा सदस्य धनलाल ठोकर चयन भएका छन्।
प्रदेश २ सरकार अन्तर्गत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णयले ठोकरलाई चयन गरिएको हो।
जनता आवास कार्यक्रमले रौतहटमा खासै प्रभावकारी रूपमा कार्यक्रमको उदेश्य अनुरुप सो कार्यक्रमले गति लिएर जनपक्षिय कार्य गर्न नसकिरहेको अवस्थामा ठोकरलाई जिम्मेवारी तोकिएपछि सो जनता आवास कार्यक्रम प्रभावकारी हुने विश्वास रहेको नेपाली कांग्रेसका युवा नेता नितेश कुमार गुप्ताले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु