Friday, May 24, 2024

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पछिल्लाे समाचार


सर्लाही,१३ असोज //
सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोडैता नगरपालिका–६, बग्दहका २३ वर्षीय रुपेश बैठा रहेका छन्।

जिल्लाको गोडैता नगरपालिका–२, स्थित सिमरा भगवतीपुरमा ना ६ त ८५४ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट आउँदै गरेको बिआर ०७ भि ५३१६ भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा बैठाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टर चालक भने फरार भएको सर्लाहीका प्रहरी प्रमुख माधव प्रसाद बुडाथोकीले जानकारी दिएका छन्।

प्रहरीले ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिएको र फरार भएका चालकको खोजी कार्य भइरहेको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु