Wednesday, May 22, 2024

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पछिल्लाे समाचार


सुनसरी,२६ भदौ //
सुनसरीको दुहबी नगरपालिका ८ स्थित सोनापुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका ८ बस्ने ३० वर्षीय सुलभ गिरी रहेका छन्।
खनारबाट दुहबीतर्फ आउँदै गरेको ना ५५ प ९९७९ नम्बरको मोटरसाइकल र उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बिनायक अक्सिजन फ्याक्ट्री छिर्ने क्रममा को १ क ३३९५ नम्बरको ट्रकले ठक्कर दिदा गिरि घम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन्।
घाइते गिरीलाई गिरीलाई उपचारको लागि अस्पतालमा ल्याइएको र उपचारकै क्रममा मृत्यु भएको कार्कीले बताए ।
ट्रक र चालक ६० वर्षीय नारायण श्रेष्ठलाई हिरासतमा लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु