Monday, June 24, 2024

डीआइजी रंजितकारको नाममा रकम उठाएको आरोपमा एक महिला पक्राउ

पछिल्लाे समाचार


रौतहट ,७ असोज //

प्रदेश-२ का डीआइजीको नाममा रकम उठाएको आरोपमा रौतहटबाट एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका-११ की शुसिला थापा दहाल रहेकी छिन्।
उनीमाथि गरुडा नगरपालिका विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको नाममा पैसा उठाएको आरोप छ।

सुशीलालाई सर्लाही प्रहरीको सहयोगमा रौतहटस्थित नेपाल पुलिस स्कुलमा बोलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।
यसअघि सुशीलाले रौतहटको गरुडास्थित नेपाल पुलिस स्कुलमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै डीआईजी रञ्जीतकारको नाम लिँदै पैसामा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु