Friday, June 21, 2024

त्रिभुवन आर्मी क्लब एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत क्वार्टरफाइनलमा प्रवेश

पछिल्लाे समाचार

विभागीय टिम त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।

आर्मीले नयाँ बजारमाथि २५–२२,२५–१७ र २५–१४ को सेटमा जित निकाल्यो । यस जितसँगै समूह सी को आर्मीले शीर्ष स्थानमा रहदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।

यसैगरी गण्डकी प्रदेशले पनि लगातार दोस्रो जित निकालेको छ । मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले दोस्रो जित निकालेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु