Sunday, May 26, 2024
No menu items!

दलितको लागि ७० घर बनाउदै प्रदेश सरकार , मन्त्री यादवद्वारा घरको शिलान्यास

पछिल्लाे समाचार


धनुषा,२८ भदौ//
धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ मा प्रदेश सरकारले गरिब दलितको लागि ७० वटा घर बनाइदिने भएको छ ।
सोमबार प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले घरको शिलान्यास गरेका छन् ।
सो ठाउँमा रहेका विपन्न तथा दलित परिवारको लागि प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत ७० वटा घर बनाउन लागिएको बताइएको छ ।
उनीहरुको घर परिवारको अवस्था दयनीय र रहनसहनमा समेत कठिनाई भएको अवस्थामा जनता आवास कार्यक्रम लागू गर्न लागिएको बताइएको छ ।
शिलान्यास समारोहमा प्रदेश साँसद शिवचन्द्र चौधरी, मन्त्री यादवका सल्लाहकार जीवनाथ चौधरी लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु