Wednesday, May 22, 2024

अनुमति बिना भित्र्याइएको एक ट्रक औषधीसहित एक जना पक्राउ

पछिल्लाे समाचार


पर्सा,२८ भदौ //
पर्सा प्रहरीले चिकित्सकको सिफारिस र अनुमति बिना भारतबाट नेपाल भित्र्याइएको एक ट्रक औषधीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ट्रकका चालक वीरगन्ज २ छपकैया घर भएका सरोज मियाँ रहेका छन्।
भारतबाट औषधी लिएर नेपाल तर्फा आउंदै गरेको ना.३ ख १३३५ नम्बरको ट्रक वीरगन्ज १६ नगवामा रोकि चेकजाँच गर्ने क्रममा आयात गर्न आवश्यक पर्ने ईजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र नभएको पोलिबियन झोल औषधी ७ सय ८६ काटुन बरामद गरिएको पर्साका प्रहरी प्रमुख ओम प्रकाश खनालले जानकारी दिएका छन्।
उनका अनुसार बरामद खोकीको औषधीको बजार मूल्य १३ लाख ४८ हजार ७ सय ७६ रुपैया रहेको छ।

औषधी सहित ट्रक र चालकलाइ नियन्त्रणमा लिई आवश्यक कार्यवाहीका लागि वीरगन्ज स्थित औषधि व्यवस्था विभागको शाखा कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु