Monday, June 24, 2024

नगरप्रमुख गुप्ताद्वारा स्वास्थ्य केन्द्रमा बर्थिंग सेन्टरको उद्घाटन

पछिल्लाे समाचार


रौतहट ,१० असोज //
गौर नगरपालिका वडा नम्वर ९ मा रहेको स्वास्थ्य केन्द्रमा बर्थिंग सेन्टरको नगरप्रमुख अजय कुमार गुप्ताले उद्घाटन गरेका छन्।
द्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुप्ताले बर्थिंग सेन्टरको उदघाटन र संचालनले सिर्सियावासीलाई सहज र सुरक्षित प्रजननको अवस्था सुनिश्चित भएको बताउदै भबिस्यमा सिर्सियाको बिकास अगाडि बढ्दै जाने बताए ।
सबै नगरवासीको साथ र सहयोगबाट बिकासका कतिपय कार्यहरु पुरा हुदै गएको उनले बताए।
उद्घाटन गरिएका बर्थिंग सेन्टर २४ औ घण्टा संचालनमा रहने र सुबिधा सम्पन्न हुने उनले विस्वास व्यक्त गरेका छन्।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष राजेश सिंह ,उप प्रमुख किरण ठाकुर, बिभिन्न वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु