Sunday, January 19, 2025

नवजात शिशुसहित एकजनाको शव फेला

पछिल्लाे समाचार


सर्लाही ,१० असोज //

सर्लाहीको मलंगवामा शनिवार ७ महिने नवजात शिशुसहित एकजनाको शव फेला परेको छ।

मलंगवाको पानीटंकीबाट उत्तर पल्सी जाने सडक छेउमा रहेको पोखरीमा शनिवार बिहान तैरिरहेको अवस्थामा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
यस्तै दिउँसो मलंगवा नगरपालिका वडा नम्वर ७ गणेशियास्थित नहरमा एक बेवारिसे पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
अन्दाजी ३५ / ४० वर्षका पुरुषको शव कुहिन थालेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक एवं सूचना अधिकृत कृष्ण गिरीले जानकारी दिए ।
दुवैको मृत्युको कारण खुल्न नसकेको तथा शवको पोष्टमार्टमका लागि मलंगवास्थित जिल्ला अस्पतालमा पठाइएको र घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको उनले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु