Wednesday, May 22, 2024

निजामति दिवसको अवसरमा गौर अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण

पछिल्लाे समाचार


मन्जु मानन्धर /
रौतहट ,२२ भदौ //

निजामति दिवसको अवसरमा जिल्ला अस्पताल गौरमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ।


प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवको अतिथ्यतामा मंगलबार गौरमा निजामति कर्मचारीहरुले अस्पतालमा रहेका करिब ३० जना बिरामीलाई फलफुल वितरण गरिएको हो।
निजामति कर्मचारीहरुले निजामति दिवसको अवसरमा सदरमुकाम गौरमा रक्तदान ,वृक्षारोपण र फलफुल तथा माक्स वितरण कार्यक्रम आयोजना गरेको थियो।
प्रजिअ यादवले आफै रक्तदान गरि सो रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए।


कर्मचारीहरुले अस्पतालमा रहेका बिरामीलाई अक्सिजनको कमि नहोस भन्ने उद्श्यले अस्पताल परिसरमा वृक्षारोपण गरेको प्रजिअ यादवले जानकारी दिएका छन्।


सो कार्यक्रममा प्रजिअ इन्द्रदेव यादव ,दुर्गाभावती गाउपालिकाको कार्यालय प्रमुख ,जिल्ला प्रशासन कार्यालय रौतहटका नाशु रामनरेश साह ,सहायक जिल्ला अधिकारी ,जिल्ला हुलाक कार्यालय तथा विभिन्न कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु