Monday, June 24, 2024

नेकपा एमाले गुजरा १ को वडा भेला सम्पन्न

पछिल्लाे समाचार

मुकेश कुमार साह, रौतहट २१ भदौ । नेकपा एमाले गुजरा १ को वडा भेला सम्पन्न भएको छ । भेलाले कृष्णा कटुवालको संयोजकत्वमा २१ सदस्यीय वडा कमिटी चयन गरेको छ । वडा कमिटीको सह-संयोजकमा रामपुन चौधरी र देवल चौधरीलाई चयन गरिएको छ । नेकपाका जिल्ला अध्यक्ष तुलसी राज गिरिको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा बोल्दै जिल्ला अध्यक्ष गिरीले रास्ट्रीय राजनीति मा पार्टीले खेलेको भूमिका तथा आगामी पार्टीको योजनाको बारेमा प्रस्ट पारेका थिए ।

मन्तव्य राख्ने क्रममा गुजरा नगरपालिका संयोजक हरिबंश मैनालीले वडा,नगर,जिल्ला अधिवेशनको तयारी गर्दै आसन्न निर्वाचनमा जुट्न सम्पूर्ण पार्टी सदस्यहरुलाई आग्रह गरेका थिए । यस्तै क्षेत्रीय कमिटि अध्यक्ष ईद्रिश सिद्दिकीले बिगत देखि गुजारा नगरपालिका भित्र र क्षेत्र भारी पार्टीको संगठन निर्माण गर्दाको अनुभव र यहाको समाजको मनोविज्ञानको कुरालाई मध्यनजर गर्दै पार्टीलाई कसरी अगाडी बढाउने बिषयमा आफ्नो धारणा राखेका थिए । भेलामा गुजरा नगरपालिका संयोजक हरिबंश मैनाली, जिल्ला नेता इद्रिश सिद्दिकी,हरिनारायण बन्ठा,रामफुल चौधरी,रामआशिष साह,रामजित चौधरी,सेख जमालुद्दिन, पदम कुमार श्रेष्ठको आतिथ्यता रहेका थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु