Friday, May 24, 2024

नेकपा एमाले गुजरा ३ र ४ को संयुक्त भेला सम्पन्न

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट २६ भदौ । नेकपा एमाले गुजरा ३ र ४ को संयुक्त भेला सम्पन्न भएको छ । श्री कंकाली मा.वी जंगलसहिया को प्रांगणमा शनिवार संयुक्त भेला सम्पन्न भएको हो । भेलाले गुजरा ३ वडा कमिटीको संयोजकमा इश्वर प्रधानलाई चयन गरेको छ भने सह-संयोजकमा श्रीमान माझि र सेख जमिरुल्लाह सहित ५१ सदस्यीय गठन गरिएको छ । यसैगरी गुजरा ४ वडा कमिटीको संयोजकमा कृष्ण कोइरालालाई चयन गरिएको छ भने सह-संयोजकमा सेख जफिर र अन्तिया देवी लगायत ५१ सदस्यीय गठन गरिएको छ। नेकपाका जिल्ला अध्यक्ष तुलसी राज गिरिको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा बोल्दै जिल्ला अध्यक्ष गिरीले जिल्लामाको स्थिति तथा आगामी कार्यदिशाको बारेमा आफ्ना कुरा राखेका थिए ।

भेलामा प्रदेश कमिटि सदस्य राधाकृष्ण मैनाली र गुजरा नगरपालिका संयोजक हरिबंश मैनालीको बिशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला नेता इद्रिश सिद्दिकी,अनेरास्वियुका केन्द्रिय सचिवालय सदस्य कनिस पटेल ,नगर सदस्यहरु हरिनारायण बन्ठा,रामफुल चौधरी,रामआशिष साह,रामजित चौधरी,सेख जमालुद्दिन,मोहन साह,पदम कुमार श्रेष्ठको आतिथ्यता रहेका थियो । मन्तव्य राख्ने क्रममा बिधार्थी नेता कनिस पटेलले रास्ट्रिय राजनिती बिषय तथा पार्टीले खेलेको भूमिका र माधव नेपाल लगायत अवसरवादी गुटलाई आगामी निर्वाचनमा नेपाली जनताले जवाफ राम्रो संग जवाफ दिने बताएका थिए ।

अन्य वडाहरुले गाऊ,नगर,जिल्ला भईरहेको घटना र परिघटना बिषयमा प्रस्ट पार्दै पार्टीले अगामी दिनमा पार्टीले भूमिका सदस्य खेल्नु पर्ने उनले बताए । भेलामा नगर संयोजक हरिबंश मैनालीले यहि कार्तिक ७ गते हुने वडा अधिवेशनको शुभकामना ब्यक्त गरेका थिए । वडा अधिवेशन पश्चात सम्पूर्ण पार्टी सदस्यहरुलाई नगर अधिवेशन सम्पन्न गर्न जुट्न समेत आग्रह गरेका थिए । भेला करिव ३०० हाराहारीको उपस्थितिमा सम्पन्न भएको नगर संयोजक मैनालीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु