Friday, June 21, 2024

नेकपा ए समाजवादी को रौतहट जिल्ला बैठक सम्पन्न

पछिल्लाे समाचार

रौतहट १८ भदौ / माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीको रौतहट जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।
शुक्रबार गौरमा जिल्ला कमिटी बैठक बसेको हो । एमाले को जिल्ला कमिटी छोडेर बहुमत सदस्यहरु नेकपा एसमा समाहित हुने निर्णय गरेका छन ।
एमालेमा ७१ जनाको कमिटी रहेको मा अध्यक्ष , सचिव सहित पदाधिकारीहरु नेकपा एसमा समाहित भएको बैठकमा सहभागी एक नेताले बताएका छन ।
बैठकमा नेकपा एस का नेताहरु रामचन्द्र राय यादव , कल्याणि खड्का, सरला यादव, समिना हुसैन , राम कुमार भट्टराई लगाएत को उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु