Sunday, May 26, 2024
No menu items!

पर्साको एक बिधालयका ५२ जना छात्राहरुलाई साइकल वितरण

पछिल्लाे समाचार


पर्सा,२० भदौ //
पर्साको एक बिधालयका ५२ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित श्री नेपाल रेल्वे मा.वि मा अध्ययनरत ५२ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो।
प्रदेश सरकारको ” बेटी पडाउ ,बेटी बचाउ ” अभियान अन्तर्गत कक्षा ८ मा अध्ययनरत ५२ जना छात्राहरुलाई साइकल वितरण गरिएको बिधालयका प्रधानाध्यापक मुनिन्द्र लाल कर्णले जानकारी दिए।
साइकल वितरण कार्यक्रममा वडा नम्बर ९ का वडाअध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मनोज कुमार कलवार ,जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, विव्यसका सल्लाहकार बिपिन उपाध्याय, दिनानाथ रौनियार लगायतको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु