Friday, June 21, 2024

प्रतिबन्धित लागुऔषध गाँजासहित निकुञ्ज क्षेत्रबाट एकजना पक्राउ

पछिल्लाे समाचार


पर्सा ,२९ भदौ//
प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जनालाई पक्राउ गरिएको छ।

मकवानपुर जिल्लाको मनहरि गाउँपालिका वडा नं.३ स्थित हाँडी खोला बस्ने २८ वर्षीय बुद्ध बहादुर ब्लोनलाई पक्राउ गरिएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ।
पर्सा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलिले निकुञ्जको कोर क्षेत्र भैंसे खोलाको ईलाका बाट सो परिमाणको गाँजासहित नियन्त्रणमा लिएको बताइएको छ।

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतका अनुसार चार जनाको संख्यामा रहेका गाँजा तस्करहरू संयुक्त गस्ती टोलिलाई देखेपछि तीन जना तस्करहरू गाँजाको पोका फ्याँकेर भागेको र एक जनालाई पक्राउ गरिएको हो।
बरामद १०४ किलो गाँजा र ब्लोनलाई गस्ती टोलीले नियन्त्रणमा लिई निकुञ्जमा बुझाएको र निकुञ्जबाट अनुसन्धान गरि आवश्यक कार्यवाहीको लागि पर्सा प्रहरीको जिम्मा लगाईएको अधिकृत भगतले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु