Wednesday, May 22, 2024

प्रतिबन्धित लागु औषधसहित रौतहटबाट एकजना पक्राउ

पछिल्लाे समाचार


रौतहट ,२१ भदौ //
रौतहटबाट प्रतिबन्धित लागु औषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
गाैर नगरपालिका – ४ स्थित टिकुलिया बस्ने १९ वर्षीय सन्ताेष ठाकुरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरियाका अनुसार शनिवार गाैरबाट काठमाण्डाैं गइरहेकाे ना ७ ख १९४१ नं.को यात्रुबसलाई चेकजाँच गर्दा निज ठाकुरकाे खल्तीबाट १०२ पिस नाईट्रोभेट ट्याबलेट र १० पिस डाईजापाम एम्पुल फेला परेको हो।
यमुनामाई गाउँपालिका वडा नं.५ स्थित बमनहमा काठमाण्डाैं गइरहेकाे रात्री बसलाई चेकजाच गर्ने क्रममा लागुऔषध बरामद गरिएकाे उनले बताए।
पक्राउ परेका ठाकुरलाई आइतवार सम्मानित जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु