रौतहट २३ भदौ / जिल्लामा पछिल्ला दिनहरुमा अपराधको घटनामा वृद्धि हुन थालेपछि स्थानिय चिन्तित बन्न थालेका छन । रौतहटमा केही प्रहरी नै अपराधिक घटनामा संलग्न रहेको पाईएको छ ।
नेपाल प्रहरीका असइ र एक जवान हिरासतमा छन । उनीहरु लाई हिरासतमा राखेर लागुओषध तथा षडयन्त्रकारी गतिबिधी अपराधमा अनुशन्धान भैरहेको छ ।
दुर्गा भगवती गाउँपालिकाको मत्सरी गाउँका सरोजानन्द झाको घरमा नवजात शिशुको टाउकोमा पेस्तोल राखेर डाँकाहरुको एक समूहले मंगलवार लाखौं मूल्य बराबरको धनमाल लुटपाट गरेका थिए।
जिल्लाको प्रहरी कमान्ड डिएसपी नारमयण चिमोरियाले सम्हालेको समयमा पत्रकार मोजिबुल्लाहलाई लागूऔषध मुद्दामा फसाइएको थियो। एसपी नहुदा डिएसपी चिमोरीया लाई निमित्त प्रमुख को जिम्मेवारी दिइएको छ ।
जिल्लामा दिनहु जसो चोरीका घटनाहरु भैरहेका छन । घटनाको पछिल्लो दिनहरुमा प्रहरीको अनुशनधान फितलो बन्दै गएको समेत गुनासो छ । जिल्ला पछिल्ला दिनहरुमा नेपाल प्रहरीको जनस्तर बाट नै आलोचना हुन थालेको छ ।