Thursday, June 13, 2024

प्रहरी प्रमुख घिमिरेद्वारा इलाका प्रहरी कार्यालय गरुडा निरीक्षण

पछिल्लाे समाचार


रौतहट ,३ असोज //
रौतहटको प्रहरी प्रमुख विनोद घिमिरेले शनिवार इलाका प्रहरी कार्यालय गरुडाको निरीक्षण गरेका छन्।

निरीक्षण गर्न आएका रौतहटका प्रहरी उपरीक्षक घिमिरेलाई इलाका प्रहरी कार्यालय गरुडामा भव्य स्वागत गरिएको छ ।
शनिवार साँझ प्रहरी उपरीक्षक घिमिरेले जिल्लामा शान्ति सुरक्षाको अवस्था, अपराध रोकथाम तथा नियन्त्रण, अवैध चोरी निकासी, पैठारी, झै झगडा, प्रहरी आचरण, प्रहरीको सेवा प्रदानमा लगाएत बारे बुझ्न इलाका प्रहरी कार्यालय गरुडामा निरीक्षण गरेका हुन्।
घिमिरेले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्नका लागि कुनै कसुर बाँकी नराख्न इलाका प्रहरी कार्यालय गरुडा र मातहतका प्रहरी यूनिट इन्चार्जहरुलाई कडा निर्देशन दिएका छन् ।

उनले चोरी डकैती एवं अपराधीक क्रियाकलापलाई रोकथाम तथा नियन्त्रणका लागि कडा कदम चाल्न प्रहरीलाई निर्देशन दिएका हुन् ।
जिल्लामा तस्करी ,जुवातास र लागूऔषध सेवन होटलहरुमा हुने यौन धन्दा लगायतको कारोबार रोक्न कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै उनले शान्ती सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, महिला हिंसा, झैझगडा अन्त्य गर्न विभिन्न पक्षसँग सहकार्य गरेर अगाडी बढ्न सुझाव दिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी श्रीराम भण्डारीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु