Monday, June 24, 2024

बरहथवा विद्युत् वितरण केन्द्रद्वारा विद्युत चुहावट नियन्त्रणमा तीव्रता

पछिल्लाे समाचार


सर्लाही ,३० भदौ //
नेपाल विद्युत् प्राधिकरण सर्लाहीको बरहथवा वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण कार्यलाई तीव्रता दिएको छ ।
वितरण केन्द्रले सुरक्षाकर्मीको सहयोग लिएर चुहावट नियन्त्रण अभियानलाई तीव्र पारेको हो।
वितरण केन्द्रका प्रमुख जयानन्द झाका अनुसार विद्युत् चोरी गरेर संचालन गरिएका दजनौँ विद्युतीय उपकरण बरामद गरी जरिवाना तिराइसकेको छ ।
मंगलवार बिहान पनि विद्युत् चोरी गरेर संचालन गरिएका विभिन्न उपकरणहरु बरामद गरिएको झाले बताएका छन्।
बरहथवा वितरण केन्द्र अन्तर्गत पर्ने मानपुर, महिनाथपुर र हरिपूर्वाबाट पानी तान्ने मोटर तीन थान, सिलिङ पङ्खा १७ थान, टेबल पङ्खा चार थान, साउण्ड सिस्टम दुई थान, टेलिभिजन एक थानसहित अन्य विद्युतीय उपकरणहरु बरामद गरिएको वितरण केन्द्रका प्रमुख झाले बताए ।
३० प्रतिशत विद्युत चुहावट रहेको बरहथवा वितरण केन्द्रले मिटर नराखी बिजुली चोरी गरेर संचालन गरिएका उपकरणहरु दिनहुँजसो बरामद गरिरहेको छ ।
बरामद गरिएको उपकरणहरु विद्युत् चोरी नियन्त्रण नियमावली २०५९ अनुसार जरिवाना तिराएर मात्रै छाडिने वितरण केन्द्रले जानकारी दिएको छ ।
मंगलवार बिहान विद्युत् चोरी गरेर विद्युतीय उपकरण चलाउने ८ जनालाई पक्राउ गरी जरिवाना तिराएर छाडेको वितरण केन्द्रले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु