Friday, June 21, 2024

बाराबाट अवैध गाँजासहित एकजना पक्राउ

पछिल्लाे समाचार


बारा,१० असोज //

बाराबाट अवैध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्वर – १६ टाँगियाबस्तीका ४१ वर्षीय रुकबहादुर रुम्बा रहेका छन्।
बाराको रतनपुरतर्फबाट पिड्युमा बोराभित्र राखेको गाँजा बोकेर पूर्व–पश्चिम राजमार्गबाट काँटघाट मन्दीरको बाटो हुदै दक्षिणतर्फ जादै गरेको अवस्थामा उनको साथबाट ८३ किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरी जानकारी दिए।
यस्तै गाँजा ओसार पसारमा प्रयोग भएको बा ३७ प ९६८१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको उनले बताए ।
प्रहरीले सडक छेउमा मोटरसाइकल रोकेर राखिएको देखेपछि निगरानी बढाउदै जाँदा गाँजासहित रुम्बा पक्राउ परेको र जंगलभित्रबाट आउदै गरेको ५ / ६ जना अन्य तस्कर भने फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रुम्बामाथि थप अनुसन्धान भईरहेको र अन्य तस्करहरुको खोजी भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु