Sunday, May 26, 2024
No menu items!

बारामा सर्पको टोकाइबाट एक बालकको मृत्यु , नगरपालिकाविरुद्ध प्रदर्शन

पछिल्लाे समाचार


बारा,२९ भदौ //
बाराको सिम्रौनगढमा सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ ।
सिम्रौनगढ नगरपालिका वडा नं.२ महुवाई बस्ने समेद प्रसाद गुप्ताका २ बर्षीय छोरालाई गएराती करिब १२ बजेको समयमा सर्पले टोकेपछि उपचारको लागि सिम्रौनगढ स्थित सिम्रौनगढ नगर अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा बालकको मृत्यु भएको बताइएको छ ।
बालकको मृत्यु भएपछि उनका आफन्तले शव लिएर नगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् ।
उनीहरुले नगरपालिकाका मेयर विजय शंकर यादवविरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्।

डाक्टरको लापरबाहीले बालकको मृत्यु भएको उनीहरुको आरोप छ। अस्पतालमा बच्चालाई उपचारको लागि ल्याउँदा समयमै उपचार नगरी नाम ठेगााना सोध्ने, प्रहरीलाई खबर गर्ने लगायतका कुरामा अल्झाएर राखेका कारण समयमा उपचार नपाइ आफ्नो छोराको मृत्यु भएको मृतकका बुवा सुमेद गुप्ताले गुनासो गरेका छन्।

एम्बुलेन्स उपलब्ध नभएकोले ढिला गरी कलैया अस्पताल लैजाँदा नाबालक छोराको मृत्यु भएको गुप्ताको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु